सुदुरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

२० चैत्र २०८०, मंगलवार १३:४४

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनको लागि प्रदेश सभा बैठक बोलाई दिन मुख्यमन्त्री शाहले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका हुन् ।

नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि गत फागुन २३ फागुनमा माओवादी र २४ फागुनमा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका थिए ।

समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिईसक्नुपर्ने व्यवस्था छ । कांग्रेसका १८ सिटसहित नागरिक उन्मुक्ति पाटीका सात, एक सिट रहेको राप्रपा र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमतका लागि आवश्यक २७ मत पुगाउने रणनीतिमा रहेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्तिको विवादले अप्ठेरोमा रहेका छन् ।

राप्रपा र स्वतन्त्र सांसद समेत समर्थनमा बहुमत जुटाउने रणनीतिअनुसार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्थे पाँच जनालाई मन्त्री बनाएका छन् । नागरिक उन्मुक्तिको विवादले विश्वासको मत पाउनेमा ढुक्क हुन नसकेका शाह पार्टी सभापति शेर बहादुर देउवासँग परामर्श गर्न सोमबार बेलुकी काठमाडौं गएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*