अन्तर्राष्ट्रिय अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो

२१ चैत्र २०८०, बुधबार ११:०६

काठमाडौँ । फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार नेपालका अर्बपति विनोद चौधरीको स्थान भने खस्किएको हो ।

फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा रहेका छन् । गत वर्ष चौधरी १ हजार ६४७औँ स्थानमा रहेका थिए ।

अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ । जहाँ अहिले २ सय जना अर्बपति छन्। नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ।

विश्वभरमा अर्बपतिहरुको संख्या बढेर २ हजार ७८१ पुगेको फोब्र्सले जनाएको छ । जुन वर्षको तुलनामा यो संख्या १४१ ले बढी हो ।सबै अर्बपतिको समग्र सम्पत्ति १४.२ ट्रिलियन डलर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*