वाइडबडीमा १ अर्ब ४७ करोड घोटाला भएको अख्तियारको निष्कर्ष, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा चलाइने

२२ चैत्र २०८०, बिहीबार १४:३७

काठमाडौं । नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरीदका क्रममा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ।

ती जहाज खरीदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले त्यसबेलाका राजनीतिक नेतृत्वसहित ३० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय लिएको हो ।

अख्तियारले यो खरीद प्रकरणमा मुछिएका कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३० जनालाई प्रतिवादी बनाउँदै फाइल विशेष अदालतमा पठाएको स्रोतले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*