राष्ट्रिय बीमा कम्पनीको अमलेखगञ्ज शाखा कार्यालयमा तालाबन्दी

२७ चैत्र २०८०, मंगलवार ११:०६

बारा । ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको शाखा कार्यालय र राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् ।

पेट्रोलियम डिलर्स एशोसिएशन र राष्ट्रिय बीमा कम्पनीले मिलेर आन्तरिक ढुवानी बीमा वापतको रकममा अनियमितता र छानविनको माग गर्दै ढुवानी व्यवसायी तथा स्थानीयले तालाबन्दी गरेका हुन् । २०६८ सालदेखि आन्तरिक ढुवानी बीमा बापत संकलन गरेको रकम मध्ये ८० करोड भन्दा धेरै रकम पेट्रोलियम ब्यवसायी संघ नेपालका महासचिव आत्माराम थापाले हिनामिना गरेको आरोप व्यवसायीहरुले लगाएका छन् । सो रकमबाट राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र उच्च तहका व्यक्तिले समेत कमिशन खाएको आरोप ढुवानी व्यवसायीहरुको छ ।

आन्तरिक ढुवानी बीमा बापत संकलन गरेको रकम कागजको चिर्कटोमा उठाउने, उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखा परीक्षण गर्दा बेरुजु देखिने, मूल्य अभिवृद्धि कर र अन्य कर समेत हिनामिना गरेको आरोप छानविन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*