सल्यानको छत्रेश्वरी गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा छलफल कार्यक्रम सम्पन्न

२७ चैत्र २०८०, मंगलवार ११:३२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको छत्रेश्वरी गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकको टोलटोल अनि घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै कम्पनीले सल्यानको छत्रेश्वरी गाउँपालिका २ दहखोलामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि कार्यक्रम संचालन गरि रहेको कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए । कृषकलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनीको मात्र एक्लो प्रयासले सम्भव नहुने भएकोले स्थानीय सरकारले पनि केही जिम्मेवारी बोध गर्न सके सबैले कृषि बीमाबाट लाभ लिन सक्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका छत्रेश्वरी गाउँपालिका वडा नं. २ का अध्यक्ष प्रेम बहादुर नेपालीले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताए । उनले आफ्नो वडा मातहतका सबै कृषकलाई आफ्नो तर्फबाट आवश्यक सहजीकरण समेत गर्ने बताए । सचेतना मूलक कार्यक्रम बेला–बेला हुनुपर्ने र यस्तो महत्वपूर्ण कार्यक्रम संचालन गरेकोमा कम्पनी परिवारलाई बिशेष धन्यवाद समेत व्यक्त गरे ।

त्यस्तै, सरस्वती आधारभुत बिद्यालयका रानि पोखरीका सहायक प्राध्यानापक खुम बहादुर ओलिले कृषकको टोल–टोलमा घर–घरमा पुगेको एनएलजीबाट बिश्वस्त भै बीमा गर्न आग्रह गरे । त्यसैगरी अतिथिको रुपमा रहेका गरिब उत्थान कृषक समुहका प्रबन्धक गणेश कुमार ओलिले एनएलजीबाट बीमा बनाइ बिना झन्झेट छिटो छरितो भुक्तानी पाई बीमाको लाभ लिई सकेको कुरा ब्यक्त गर्दै अरुलाइ पनि बीमा गर्न आग्रह गरे ।
कार्यक्रम कम्पनीका सल्यान शाखाका शाखा प्रमुख अनुराग बोहराको अध्यक्षतामा सम्पन भएको थियो । कम्पनीका श्रीनगर शाखाका प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका सम्पुर्णलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

साथै, एनएलजी इस्न्योरेन्स सल्यान शाखाकोतर्फबाट कृषकलाइ सहजीकरण सम्बन्धमा आफू अहोरात्र तमतयार रहेको प्रष्ट पार्नुको साथै अभ्यासमा गरिदै आएका छिटो छरितो र झन्झट मुक्तका केही उदाहरण पनि दिए । बोहराले कार्यक्रममा स्वागत मन्तव्य सङ्गै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा वडाका वडा अध्यक्ष, स्थानीय शिक्षक तथा कृषक समुहका प्रमुख अनि वडाको विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका लगाएत ३९ जनाको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*