सलिकोमा ६ जना नयाँ सञ्चालक निर्बिरोध निर्वाचित

२७ चैत्र २०८०, मंगलवार १७:५२

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नयाँ सञ्चालकहरु चयन गरेको छ । कम्पनीको २७औं वार्षिक साधारण सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समुहबाट दुई जनालाई निर्बिरोध निर्बाचित गरेको हो ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यबस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना सञ्चालकमा मनोनित भएका छन् ।

त्यस्तै, बांकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्बसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्बिरोध निर्बाचित भएका कम्पनीले जानकारी दिएको छ ।

सञ्चालक समितिमामनोहर दास मुललाई पूनः अध्यक्षमा निर्वाचित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*