सलिकोका सीइओ चंकी क्षेत्रीले बुझे एक करोड तलब भत्ता

२७ चैत्र २०८०, मंगलवार १८:१३

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले तलब भत्ता र बोनस बापत एक करोड रुपैयाँभन्दा बढी बुझेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० मा तलब, भत्ता र बोनसबापत एक करोड छ लाख ६० हजार ५४३ रुपैयाँ बुझेका हुन् ।

सीइओ क्षेत्रीले उक्त पारिश्रमिक, भत्ता, दर्शै खर्च, सञ्चित बिदा र बोनस बापत बुझेको कम्पनीले जनाएको छ ।

साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको कम्पनी गाभिनुभन्दा अघिल्लो दिन अर्थात् २०७९ फागुन २८ गतेसम्मका सीइओ नुर प्रकाश प्रधानले तलब, भत्ता र बोनस बापत ३९ लाख ९५ हजार ८८ रुपैयाँ बुझेका थिए ।

गत आर्थिक वर्षको तलब भत्ता बापत एक करोड बुझेका क्षेत्रीले राज्यलाई ३३ लाख ९५ हजार ७९५ रुपैयाँ कर समेत तिरेका हुन् ।

त्यस्तै, कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतदेखि प्रबन्धक तहसम्मका ३५ जनाले पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता, दसैँ खर्च, सवारी साधन भत्ता, सञ्चित बिदा र बोनसबापत ५ करोड ३२ लाख ७० हजार ७६२ रुपैयाँ बुझेका हुन् ।

यता, सञ्चालकहरूले बैठक भत्ता बापत ३० लाख ३४ हजार रुपैयाँ र मासिक भत्ता बापत ८ लाख २८ हजार रुपैयाँ खर्च गरेका छन् । साथै, पत्रपत्रिका, सञ्चार, सवारी सुविधा बापत अध्यक्षको लागि मासिक १२ हजार र सञ्चालकहरूलाई मासिक १० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*