चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेस अग्रवाल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा मल्होत्रा

२७ चैत्र २०८०, मंगलवार १८:४२

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेस अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभाले अग्रवाल सर्वसम्मत अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि अग्रवाल चेम्बरको वरिष्ठ उपाध्यक्षमा रहेका थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव छ ।

त्यस्तै, नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

७३ औं वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*