राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम सर्टलिस्टेड, अन्तर्वार्ता कहिले ?

३० चैत्र २०८०, शुक्रबार १६:४६

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि शुक्रबार ४ जनाको नाम सर्टलिस्टमा समावेश गरेको छ । कम्पनीले आफ्नो आधिकारीक वेबसाईट मार्फत ४ जनाको नाम सीईओको लागि सार्वजनिक गरेको हो ।

समितिले कम्पनीको सीईओका सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा समावेश गरेको छ । कार्यकारी प्रमुखको लागि आवेदन दिएकामध्ये नवीन सुवेदी, राजुनाथ खनाल, उज्ज्वलराज अर्याल, बुद्धकाजी श्रेष्ठ र रामदेव यादव बाहिरिएका छन् ।

कम्पनीले सार्वजनिक गरेको सूचनाका अनुसार सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिनुपर्ने छ । प्रस्तुतीकरण र अन्तर्वार्ता बिहान ७ः३० बजेबाट सुरु हुनेछ । प्रस्तुतीकरण पावरप्वइन्टमा र प्रस्तुतीकरण तथा छलफलका लागि ४० मिनेटको समय दिइएको छ ।

कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते सूचना जारी गर्दै सीईओका लागि आवेदन माग गरेको थियो । सो समयमा ९ जनाको आवेदन परेको थियो । जसमा ४ जनालाई समितिले सर्टलिस्टमा समावेश गरेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*