हिमालयन एभरेष्ट फिदिम शाखाद्वारा बीमा दावी भुक्तानी

९ बैशाख २०८१, आईतवार १३:५७

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तेस्रो पक्ष बीमा गर्ने बीमितको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाबाट बाईकको तेस्रो पक्ष बीमा गरेका बीमित गंगा काफ्लेको बीमा दावी वापत पाँच लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले फालेलुङ गाउँपालिका ५ पाँचथर निवासी सनम मगरको बाइक दुर्घटना भइ गंगा काफ्लेको निधन भए पश्चात तेस्रो पक्ष दायित्व अन्तर्गत मृत्यु दावी भुक्तानी वापत ५ लाख रुपैयाँ दाबि भुक्तानी गरेको फिदिम शाखा कार्यालयले जनाएको छ । उक्त दावी भुक्तानी बीमितले भने बमोजिम मृतक गंगा काफ्लेको श्रीमति झरना राईलाई चेक हस्तान्तरण गरेको हो ।

बीमाले अप्रत्याशित घटनाहरू विरुद्ध सुरक्षा प्रदान गर्दछ, र घाटाको अवस्थामा आर्थिक कठिनाइबाट बच्न मद्दत गर्दछ । त्यसैले भोलिको सहजताको लागि आजै बीमा गर्न फिदिम शाखाले नागरिकलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*