सानिमा जिआईसी इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न, करिव ३० जना प्रशिक्षित

९ बैशाख २०८१, आईतवार १७:५४

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ ।

कम्पनीले अभिकर्ताहरुको क्षमता, मनोबल तथा व्यवसाय बृद्धि गर्ने उदेश्यका साथ आयोजना गरेको उक्त कार्यक्रम विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न शाखा कार्यालयमा आवद्ध रहेका करिव ३० जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

कम्पनीले विभिन्न समयमा व्यवसाय बृद्धि गर्ने र अभिकर्ताहरुको क्षमता विकासको लागि यस प्रकारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*