नेपाल बीमक संघको साधारणसभा नै नगरी अध्यक्षको समयावधी बढाउँदै चंकी क्षेत्री

१० बैशाख २०८१, सोमबार ०७:२७

काठमाडौं । नेपाली बीमा कम्पनीहरुलाई समयमा बार्षिक साधारणसभा नगर्ने कम्पनीहरुको रुपमा बुझ्ने गरिन्छ । बीमा कम्पनीहरुले बार्षिक साधारणसभा समयमा नगर्नुका पछाडि एक्चुरीलाई देखाउँदै आएका थिए । तर, एक्चुरी भ्यालुएशिन (ल्याट समेत) परिक्षण सम्बन्धी कुनै पनि काम गर्नुनपर्ने नेपाल बीमक संघ जस्तो सामाजिक संस्थाको पनि समयमा साधारणसभा गर्न असफल भएको छ ।

नेपाल बीमक संघकै २२ औं साधारणसभा समयमा नहुनुले बीमा क्षेत्रमा सुशासन भन्ने चिज बत्ति बालेर खोज्नुपर्ने अवस्थामा रहेको र बीमा कम्पनीका उच्च पदस्थ अधिकारीहरुको नियतमै समेत खोट त छैन ? भन्ने प्रश्न पनि उब्जिएको छ ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले आफ्नो कार्यकाल बढाउन संस्थाको साधारणसभा समेत नगरी बसेको आरोप बीमा कम्पनीकै सिईओहरुले लगाउन थालेका छन् । गत पुस मसान्तभित्र हुनुपर्ने साधारणसभा २०८१ सालको बैशाखसम्म आईपुग्दा पनि अत्तोपत्तो छैन । संस्थाको लेखा परिक्षण सम्पन्न भइसकेको भएपनि बार्षिक साधारणसभा नहुनुको कारण बताउन कोही तयार छैनन् । एक कार्य समितिका सदस्यले भने, ‘यो बिषयमा अध्यक्षज्यु नै जानकार हुनुहुन्छ ।’ तर, अध्यक्ष क्षेत्री भने तत्काल साधारणसभा बोलाउन तयार छैनन् ।

२०७८ साल पुस २३ गते सम्पन्न भएको २० औं बार्षिक साधारणसभाबाट नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका थिए । सो अनुसार यस पटकको साधारणसभामा नयाँ नेतृत्वका लागि निर्वाचन हुनुपर्ने थियो । गत पुस मसान्तभित्रमा हुनुपर्ने संघको साधारणसभा अध्यक्ष क्षेत्रीलाई ढिलाई गरिरहेको गुनासो कार्य समितिका सदस्यहरुले नै लगाएका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक सिईओले बीमक संघमा राजनीति गरिएको आरोप लगाए ।

सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा संघका महासचिव अशोक खड्काले कुनै प्रतिक्रिया दिन चाहेनन् । स्रोतका अनुसार बीमक संघको एउटा गुटले आपसी सहमति गरेरै अध्यक्षमा चंकी क्षेत्रीलाई पदावधी लम्ब्याउने उपाय स्वरुप साधारणसभा नगरेका हुन् । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठनकै समयमा २२ औं साधारणसभा नगरी अलपत्र पार्नेले बीमितको दायित्व कसरी समयमा तिलार्न ? अनि कोरोना बीमाको रकम कसरी तिर्लान ? प्रश्न उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*