हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

११ बैशाख २०८१, मंगलवार ०८:५०

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र निर्जीवन बीमा क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । मार्केटिङ डिपार्टमेन्टका लागि सम्बन्धित विषयमा प्लस टू वा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख २५ गते रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*