१० हजार करोडमा आईपीएलको बीमा, खेल रोकिएपनि जोखिम वहन

११ बैशाख २०८१, मंगलवार १७:००

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा सोमबार रातिको खेल राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच खेलिएको थियो ।त्यो खेलमा राजस्थानले मुम्बईलाई नौ विकेटले हराएको थियो । त्यो खेल वर्षाका कारण निर्धारित समयभन्दा निकै ढिलो समाप्त भएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले ६ ओभर खेलेपछि वर्षा सुरु भएको थियो ।वर्षाका कारण खेल करिब आधा घण्टा रोकिएको थियो । वर्षा रोकिएपछि खेल पुनः सुरु भएको थियो । यदि वर्षा नरोकिएको भए ठुलो आर्थिक नोक्सानी ब्यहोर्नु पर्ने थियो ।

तर, त्यो नोक्सानी आयोजकले भन्दा पनि बीमा कम्पनीले ब्यहोर्नु पर्ने हुन्थ्यो । खासमा आईपीएलको १७औँ संस्करणका लागि आयोजकले १० हजार करोड भारतीय रुपैयाँको बीमा गरेको छ । खेलका क्रममा खेलाडी घाइते भएमा, कुनै दुर्घटना भएमा वा वर्षाका कारण खेल रद्द भएमा त्यसको जोखिम बीमा कम्पनीले नै बहन गर्नेछ ।

आईपीएलको बीमा गर्ने कम्पनी एलायन्स इश्योरेन्स ब्रोकर्स हो । यसअघि पनि आईपीएलको जोखिम बहनका लागि बीमा गर्ने गरिन्थ्यो । तर, यसपटक विगतको तुलनामा २५ प्रतिशतक रकम बढाएर बीमा गरिएको समाचारमा जनाइएको छ।

आईपीएलको बीमा गर्ने कम्पनी एलायन्स इश्योरेन्स ब्रोकर्सका निर्देशक शाइस्ता वाल्जीले यसपटक १० हजार करोड भारतीय रुपैयाँमा आईपीएलको बीमा गरिएको जानकारी दिए । समाचारमा जनाइए अनुसार, अहिले आईपीएलको एक खेल आयोजना गर्न एक सय करोडदेखि एक सय २५ करोड भारतीय रुपैयाँसम्म खर्च हुने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*