सरकारले कृषि बीमाको अनुदानको रकम तत्कालै नदिए भुक्तानी रोक्ने बीमक संघको चेतावनी

१२ बैशाख २०८१, बुधबार १४:०७

काठमाडौं । नेपाल बीमक संघले नेपाल सरकारलाई कृषि बीमा वापतको अनुदानको रकम तत्काल भुक्तानी दिन आग्रह गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारले कृषि बीमाको अनुदानको रकम तत्काल भुक्तानी नगरे बीमा कम्पनीहरुले दाबी भुक्तानी दिन नसक्ने अवस्था पुगेको संघले जनाएको छ।

संघले विगत १० वर्ष देखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल वीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षती हुँदा क्षतीको दावी भूक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पश्चात मात्र प्राप्त हुने गरेको भन्दै सरकारसम्क्ष गुनासो समेत गरेको छ।

नेपाल सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हाल सम्म करिब रु. २ अर्व बाँकी रहेको छ । अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपंछि मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हाल सम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेको समेत संघको भनाई रहेको छ।

कृषि बीमाको एकातर्फ अनुदान प्राप्त नहुने र अर्को तर्फ दावीको भूक्तानी तत्काल गर्नु पर्ने परिस्थितीका कारण बीमकहरुको नगद प्रवाहमा समस्या भएको छ ।निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको बैशाख १० मा बसेको पूर्ण बैठकको निर्णय अनुसार नेपाल सरकारले भूक्तानी गर्नु पर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन आग्रह गरेको छ।
नगद प्रवाहको अभावमा बीमकहरुलाई दावी भूक्तानी गर्न असहजता हुने व्यहोरा समेत गरेको छन् । नेपाल बीमक संघले कृषि बीमा गर्ने वीमितहरु तथा दावीकर्तामा पर्न जाने असर प्रति क्षमाप्रार्थी समेत जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*