तेस्रो त्रैमास रिर्पोटः निर्जिवन बीमाको झण्डै ३० अर्बको व्यवसाय भित्रियो, कुन कम्पनीको कति ? (तथ्यांक सहित)

१३ बैशाख २०८१, बिहीबार १६:३१

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा झण्डै ३० अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिमा २९ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

शिखर इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अवधिसम्मा अग्रस्थामा कारोबार गर्न सफल भएको छ। कम्पनीले यसअवधिमा ४ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिमा ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा सिद्धार्थ प्रिमियर रहेको छ। कम्पनीले यस अवधिसम्मा २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार आइजीआई प्रुडेन्यिलले २ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले १ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, एनएलजीले १ अर्ब ८३ करोड रुपैयाँ, सानिमा जिआईसीले १ अर्ब ७८ करोड रुपैयाँ, दि ओरियन्टलले १ अर्ब ५१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ८७ करोड रुपैयाा कुल बीमाशुल्क आर्जन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*