निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय साढे १५ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

१३ बैशाख २०८१, बिहीबार १७:१७

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।

तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा छ करोड ६२ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चार करोड ४८ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले तीन करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६३ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*