नेपालभित्र हवाई बीमाको व्यवसाय बढाउन शिखर इन्स्योरेन्सका सिईओ दिप प्रकाश पाण्डेको आग्रह

१४ बैशाख २०८१, शुक्रबार १३:४२

काठमाडौं । हाल हवाई बीमाको ९५ प्रतिशत पुनर्बीमाको हिस्सा बाहिर गईरहेको हुँदा यसको व्यवसाय बढाउन शिखर इन्स्योरेन्सका सिईओ दिप प्रकाश पाण्डेले सुझाव दिएका छन् ।

नेपाली बीमा कम्पनीहरुको जोखिम रक्षावरण गर्ने क्षमता कमजोर भएको हुँदा उच्चस्तरीय व्यवसायमा पर्ने हवाई बीमाको रिक्स पाँच प्रतिशतमात्रै नेपालले राख्ने गरेको उनले आफनो कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

नेपालको हवाई बजार हिजो आज र भोलिको बजारको बिषयमा शिखर इन्स्योरेन्सका सिईओ दिप प्रकाश पाण्डेले समिटमा कार्यपत्र पेश गरेका थिए । उनले नेपालको हवाई क्षेत्रको नेपालको इतिहासको बिषयमा आफनो कार्यपत्र पेश गरेका थिए ।

साथै हवाई बीमामा अवस्थाको बिषय र यसको प्रभावको बिषयमा पनि जानकारी दिएका थिए । उनले कार्यपत्र पेश गर्दै उड्ययन बीमावापत १० मिलियन युएस डलर कुल बीमाशुल्क आर्जन गरेको बिषयमा जानकारी दिएका थिए ।
अन्य बीमाभन्दा हवाई बीमामा अत्यधिक जोखिम हुन्छ । त्यसैले नेपाली बीमा कम्पनीहरूले औसतमा शून्य दशमलव ५ प्रतिशत जोखिम मात्र यहाँ राखेर बाँकी जोखिम पुनर्बीमामार्फत बाहिर पठाउने गर्छन् ।

फलस्वरूप पुनर्बीमामार्फत ठूलो रकम बाहिरिने गरेको छ । हाल नेपाली बीमा बजारको क्षमता बढेको र पुनर्बीमा कम्पनी पनि स्थापना भइसकेकाले अबका दिनमा हवाई बीमामा नेपालमा राखिने जोखिम बढाउन आवश्यक देखिएको कार्यपत्रमा पेश गरिएको थियो ।

हाल हवाई बीमा क्षेत्रमा बीमा कम्पनीहरुले ठूलो क्षती व्योहोनु परेको बिषयमा पनि उनले कार्यपत्रमा प्रस्तुत गरेका थिए । जसको रक्षावरणबाट पुनर्बीमा कम्पनीहरुले ठूलो मात्रामा क्षती व्योहेर्नु पर्ने उनले बताएका छन् ।

नेपाल जस्तो विकासोन्मुख देशसँग एशियाली पुनर्बीमा कम्पनीसँगमात्रै पुनर्बीमा कारोबार भएको बजार हाल युरोपी बजारमा समेत पुगेको भन्दै नेपालको पुनर्बीमाको बजार सुधारको बाटोतर्फ अघि बढेको उनले जानकारी दिएका थिए ।

नेपाल पुनर्बीमा कम्पनीमा विश्वव्यापी घाटाले मूल्य निर्धारणमा असर गरेको बिषयमा आफनो कार्यपत्रमा प्रस्तुत गरेका थिए । विदेशी बजारमा मुद्रा असर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली पुनर्बीमालाई पर्ने गरेको उनको भनाई रहेको छ ।

साथै बीमासम्बन्धी निति नियमले पुनर्बीमाको बजारको नियम परिधि नबाध्ने कारण बिशेष गरी यसमा समस्या पर्ने गरेको बताएका छन् ।

उड्ययन प्राधिकरणको बीमा उच्च स्तरको व्यवसाय हो । तर यसको जाखिम निकै ठूलो हुने भएको कारण पुनर्बीमा कम्पनीमार्फत बाहिर गईरहेका छन् । नेपाल बीमा कम्पनीहरुमा यसको जोखिम वहन गर्ने क्षमता निकै न्यून भएको बिषयमा आफनो कार्यपत्रमा प्रस्तुत गरेका थिए ।
उनले नेपालका दुई पुनर्बीमा कम्पनीहरुले अन्य देशहरुसँग पनि पुनर्बीमाको कारोबारको दायरा बढाउनुपर्ने उनको सुझाव समेत दिएका थिए ।
 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*