नेपालको चिया भारतमा रोकिन्छ, संसारको कुनैपनि ठाउँमा रोकिदैनः पूर्व मन्त्री तथा चिया व्यवसायी बास्कोटा

धनबहादुर मगर
१६ बैशाख २०८१, आईतवार ०८:२४

काठमाडौं । ‘‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण नाराका साथ’’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी २८ औं राष्ट्रिय चिया दिवस मनाउने जानकारी दिएको छ । उक्त अवसरमा चिया उद्यमी दीपक प्रकाश बास्कोटाले चिया वैदिककाल देखिनै अर्गानिक वस्तुको रुपमा रहेको बताउँदै विषादी प्रयोगका कारण कति बिरामी पर्छन् थाहा छैन । यूरोपमा अर्गानिक चियाको ठूलो माग छ, सरकारले सुन्दैन । सांसदमा रसायनिका मल र विषादीको वजेट पारित गर्छ तर प्राङ्गारिक मल र जैविक विषादीको कुरा आउँदा चुप लाग्ने गरेको बताए ।

अर्गानिक प्रमाणित गर्न अन्तर्राष्ट्रिय स्तरको ल्याब चाहिन्छ । चिया संसारको कुनै पनि देशको रोकिैन र भारतमा मात्र रोकिन्छ । तर, भारतको कुरा के हो ? भारतले हामीले भनेको मान्दैन । सन् १९५० को सन्धीका कारण हो । हाम्रो ९७ प्रतिशत चियाको बजार भारत हो । बजारको व्यवस्थापन नहुँदा त्यसको असर सिधै किसानलाई पर्छ । चियाखेती दिगो खेती हो, बास्कोटाले भने ।

सरकारले मूल्य अभिवृद्धि कर छुट हटायो । विषादीयुक्त खानाकुरा खाएको कारण अस्पतालमा भएको खर्च लेखाजोखा नहँने बताए । उत्पादक स्वयम्ले बजारीकरण गर्न सक्दैन । हामीले निर्यात बढाउने हो उनले भने । हामीले मुलुक बचाउने हो । नेपालमा चिया खेती गर्ने बोर्डको ध्यान पुगेन ।

बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले पूर्वी नेपालमा सीमित भएको चिया क्षेत्र २२ जिल्लामा विस्तार बताए । यस वर्ष १ लाख केजी बढी चिया उत्पादन बढेको छ । साथै चियाको क्षेत्रफल घटे पनि उत्पादन नघटेको बताए । भारतीय भन्सारमा सँधै चियाको समस्या हुन्छ ।

पत्रकारहरुको प्रश्नमा निर्देशक दीपक खनालले जनशक्ति नभएको कुरा आंशिक सत्य भएको र बोर्डमा अझै पनि ११ जना चिया विज्ञहरू कार्यरत बताए । चियाको विषय छुटै शिर्षकमा अध्ययन र अध्यापन गर्नु पर्ने बताए । सन् २०१८ मा अध्ययन अनुसार स्थानीय सरकारको मातहतमा वृद्धि गरिनु पर्ने सुझाव दिएको छ बताए ।

बोर्डका चिया विशेषाज्ञ आदित्य पराजुलीले जतिबेला चियाको सिजन आउँछ त्यतिबेला एउटा न एउटा किचलो गरेर नेपालको चियालाई सँधै गुणस्तर नभएको दोष दिन्छ । तर नेपालको चिया दार्जिलिङको चियासँग मिसाएर विदेशमा पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा पठाउँदा वाणिज्य सन्धी सक्रिय भएकाले १९५०को सन्धी परिमार्जन गर्नुपर्छ ।

चियाको क्षेत्रफल घटे पनि उत्पादन भनेर बढेको तथ्याङ्क छ । चिया निर्यात गर्न निकासी पैठारी गर्ने लाइसेन्स नभएको कारण कठीनाई परेको बताए । साथै पराजुलीले बंगलादेशको बाटोहुँदै विदेशमा चिया निर्यात गर्न सके नेपालको चिया बजार भारतको भर पर्नु नपर्ने बताए ।

२०७४ बाटै बीमा गर्ने काम शुरु गरिएको बताए । चियाको मापदण्ड तयार गरेको छौ । सम्झौता गराउने निकै कठिनाई भयो । जुन अवस्थामा विमा कम्पनीसँग सहकार्य गर्दैछौं । बीमा गर्ने काम अझै व्यवसायिक बन्न सकेको छैन । व्यवस्थित उत्पादन, बजार, प्रशोधन हुन बाँकी छ । धनकुटा र झापामा क्षेत्रफल घटेको हो । भारतले नेपालको चिया प्रति केजी ५६० रुपैयाँमा किन्छ र त्यही चियालाई ब्राण्डिङ गरेर ३७५० रुपैयाँमा चिनमा बिक्री गर्छ ।
प्रेस विज्ञाप्तिः
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही बैशाख १५लाई चिया दिवसको रुपमा मनाउँदै कृषक, उद्यमी, मजदुर, व्यवसायी एवं चियाका पारखीहरूको सहभागीतामा हुने २८ औं राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
नेपालको निर्यातजन्य केहि सीमित कृषि बालीहरू मध्ये चिया नगदेबालीको रुपमा अग्रस्थानमा पर्दछ । ग्रामीण रोजगारी सिर्जना गर्नमा होस् वा विदेशी मुद्रा आर्जन गर्नमा नै किन नहोस्, नेपाली चियाले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । नेपालको चियाले कृषि, उद्योग र पर्यटनलाई एउटै धागोमा उनेर अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रुपमा आफुलाई उभ्याउन सफल भएको पनि बोर्डको दावी छ । यति हुँदा हुँदै पनि नेपाली चिया क्षेत्रले पछिल्लो दिनहरूमा विशेषगरी बजारीकरणको क्षेत्रमा भने चुनांैतीहरूको सामना गर्नुपरेको छ विज्ञाप्तिमा भनिएको छ ।
बोर्डले जारी गरेको आ.व. २०७९÷८० को तथ्याङ्क अनुसार नेपालमा चियाको खेती कुल २०,२३० हेक्टर जमिनमा रोपण गरिएको छ । र यस अवधीमा २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधीमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ लाख रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतमा नै भएको हुँदा भारतीय बजार नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको कुरा विज्ञाप्तिमा जनाएको छ । भारत सरकारले आयात सम्बन्धी नीतिमा सानो परिवर्तन मात्रै गर्दा पनि नेपालको चिया क्षेत्रमा ठूलो हलचल आउने गरेको छ ।
केही हप्ता अघि भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटेङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको र नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघ–संस्थाहरू एवं व्यवसायीहरूको संयुक्त पहलमा भारतीय अवरोध हटाउन गरेको प्रयासले १७ ट्रक चिया पैठारी गर्न सकेका थिए । तर विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोधहरू भइनै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न सकिन्न ।
नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतीय पक्षबाट हुने गरेको र भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको छ । विज्ञाप्तिमा जनाएको छ ।
साथै बोर्डको पहलमा अमेरिकाको लस भेगासमा २४ देखि २६ मार्चमा आयोजना भएको चिया प्रदर्शनी २०२४मा नेपालको सिद्धदेवी टि स्टेट प्रालिले वेभरेज च्यालेञ्ज तर्फ ग्राण्ड च्याम्पियनको रुपमा पुरस्कृत भएको थियो । विगत वर्षहरूमा पनि चीनमा भएको टि च्याम्पियनशीपमा नेपाली चिया उत्पादकहरूले ग्राण्ड गोल्ड मेडल जितेका यथेस्ट उदाहरणहरू भएका कारण भारतीय पक्षबाट नेपाली चियालाई गुणस्तरका सम्बन्धमा लगाएको आरोपमा कुनै आधार नभएको पुस्टी हुन्छ ।
निमित्त कार्यकारी निर्देशक दीपक खानालले उठेका प्रश्नहरूको जवाफ दिदै दिगोरुपमा सम्वोधन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत रहेका प्रयोगशालाहरूलाई सवल बनाई अन्तर्राष्ट्रिय मापदण्ड वमोजिम एक्रेडिटेसन गर्न आवश्यक छ । साथै, नेपाली चियाको दिगो बजारीकरण गर्न भारतीय बजारको विकल्प खोज्न पनि ढिलो गर्न नहुने बताए । चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियाको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यसका लागि चिया उत्पादक संघ–संस्थाहरू, निजी एवं सहकारी क्षेत्रहरू एकजुट हुन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड हार्दिक अपिल गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*