सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि, जीवन बीमा कोषमा साढे १३ अर्ब

२८ बैशाख २०८१, शुक्रबार ०६:१५

काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार पनि उल्लेख्य बृद्धि भई १३ अर्ब ५५ करोड नाघेको छ ।

समग्रमा सानिमा रिलायन्स लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । गत आवको यसै अवधीमा १० अर्ब ९१ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको कम्पनीले चालु आवको चैत्र मसान्तसम्ममा १३ अर्ब ५५ करोड ३६ लाख ८३ हजार २०४ रुपैयाँ संचिती गरेको छ । त्यस्तै, जगेडा कोषमा ९९ करोड ७२ लाख रुपैयाँ संचित छ भने महाविपत्ति कोषमा १२ करोड रुपैयाँ संचिती रहेको छ ।

सानिमा रिलायन्स लाइफले चालु आवको नौ महिनाको अवधीमा कूल चार अर्ब २७ करोड ६१ लाख रुपैयाँ संचिती गरेको छ । कूल बीमा शुल्क आम्दानी चार अर्ब एक करोड ४१ लाख ३३ हजार ४३ रुपैयाँ रहेको छ । गत आवमा यस्तो आम्दानी एक अर्ब ८४ करोड ९२ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि गर्न सफल भएको छ ।

नौ महिनाको अवधीमा एक अर्ब २० करोड भन्दा बढि खुद दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दावी भुक्तानी ३० करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधीमा सानिमा रिलायन्स लाइफले आफना बीमा अभिकर्ताहरुलाई ४३ करोड ३१ लाख रुपैयाँ कमिशन बापत वितरण गरेको छ । समीक्षा अवधीमा सानिमा लाइफले कूल ३० करोड ४८ लाख ३१ हजार ९२१ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको मुनाफा जम्मा १५ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । कम्पनीमा जम्मा नौ लाख ३३ हजार ११२ वटा बीमा पोलिसी कायम रहेका छन् ।

चार अर्ब १८ करोड चुक्ता पुँजि रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४७६.१९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*