२९९.४६ प्रतिशतले बढ्यो निर्धन उत्थान लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफामा पनि उछाल

२६ बैशाख २०८१, बुधबार ११:२३

काठमाडौँ । निर्धन उत्थान लघुवित्तको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफा १७ करोड ५८ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा ५६९.३७ प्रतिशतले ४३ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६ करोड ४५ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेर १ अर्ब ३६ करोड रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ, खराब कर्जा १२.०९ प्रतिशतबाट घटेर १०.७७ प्रतिशत, वितरणयोग्य नाफा ३ करोड ४३ लाख रुपैयाँबाट बढेर १३ करोेड ७१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ७३ पैसाले बढेर ८ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ भने १८६ रुपैयाँ बराबर छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*