रिलायबल नेपाल लाइफको नाफा १९% बढ्यो, जीवन बीमा कोषमा ९.२२ अर्ब

२५ बैशाख २०८१, मंगलवार ०७:१२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३४ करोड दुई लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा नौं अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

गत आवमा कम्पनीको कुल आम्दानी तीन अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेकोमा चालु आवमा १३.९७ प्रतिशतले बढेर तीन अर्ब ७४ करोड ७२ लाख रुपैयाँ पुगको छ । कम्पनीले तेस्रो त्रैमाससम्म दुई अर्ब ९८ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । जुन गत आवको तुलनामा ८.८१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आवको समीक्षा अवधिमा कम्पनीले दुई अर्ब ७३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुत गत आवको तुलनामा ३.४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन दुई अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३.६१ रुपैयाँ रहेकोमा चालु आवमा ३.८३ रुपैयाँले घटेर ९.७८ रुपैयाँमा झरेको छ ।

चुक्ता पूँजी चार अर्ब ६४ करोड रुपैयाँ रहेको यस कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा ६६ करोड ४६ लाख रुपैयाँ, शेयर प्रिमियममा एक अर्ब ७५ करोड र महाविपत्ति कोषमा १५ करोड ४६ लाख रुपैयाँ संचिती गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ४४.४४ गुणा, प्रतिशेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*