पल्सर मोटरसाइकल एसेम्बल गर्ने हुलास अटोक्राफ्टको आम्दानी ४७ प्रतिशतले घट्यो, बजाज बाइकको बिक्रीमा उच्च गिरावट

दिपक विष्ट
२७ बैशाख २०८१, बिहीबार ११:४३

काठमाडौँ । तयारी अवस्थाको पार्ट्स आयात गरी नेपालमा एसेम्बल गरी तयारी मोटरसाइकल बिक्री गर्ने हुलास अटोक्राफ्ट कम्पनीको आम्दानी निरन्तर ओरालो लागि रहेको छ । बजाज कम्पनीको पल्सरसहितका मोटरसाइकलको बिक्री उच्च दरमा घटेकोले उद्योगको आम्दानी समेतमा उच्च गिरावट आएको हो । उक्त कम्पनीमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत शेयर रहेको छ ।

एक वर्षको अवधिमा कम्पनीको आम्दानी ४७.७५ प्रतिशतले घटेको छ । सन् २०२२ मा १० अर्ब ७४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा भने ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँमा सीमित भएको हो । पछिल्लो समय बजाज मोटरसाइलको गुणस्तर कम भएको र तथा आर्थिक संकटका कारण बाइकको बिक्री घटेसँगै बजाज मोटरसाइकल उत्पादन गर्ने कम्पनीको आम्दानीमा गिरावट आएको हो ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा १२ अर्ब ७१ करोड ११ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार निरन्तर खुम्चि रहेको देखिन्छ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा पनि कम्पनीले ३ अर्ब २३ करोड १० लाख रुपैयाँको मात्र आम्दानी गरेको इक्रा नेपाल सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सो आधारमा बजाज मोटरसाइकलको बिक्री दयरनीय अवस्थामा पुगेको देखिएको छ ।

बजाज बाइकको बिक्री वितरण नै खस्किएपछि उत्पादन गर्ने कम्पनीको व्यापार समेत ओरालो लागेको हो । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको पनि व्यापार समेत ५० प्रतिशतले घटेको देखिएको छ । सन् २०२३ मा कम्पनीको आम्दानी घटेर १० अर्ब ७६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । सन् २०२२ मा भने कम्पनीको व्यापार २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

सुरुवातमा आकर्षक आम्दानी गरी रहेको हुलास अटोक्राफ्ट पछिल्लो समय भने निरन्तर घटिरहेको छ । कम्पनीले उत्पादन गर्ने सवारी सधानमा पिकअप नदिने भएपछि ग्राहकहरुले बजाजका साधन खरिद गर्ने डराइ रहेको अवस्था छ । कम्पनीको पाटपूर्जा समय मै नपाउने र पाए पनि निकै महँगो हुने बजाजका हेटौडास्थित ग्राहक मन कुमारले बताए । उनले भने, ‘बजाजको बाइक एकदम खतम छ १४ एचपि कुदाउँदा ८ एचपिको जत्ति मात्रै पिकअप छ । १० एचपिको जतिको पिकअप पनि छैन । फेरी पार्टहरु समेत किन्दा पाइदैन । कतै पाइयो भने निकै महन्गो हुन्छ त्यो किन्नु भन्दा त अरु बाइक तिर लाग्दा हुन्छ ।’

प्रख्यात व्यापारिक घराना गोल्छा अर्गनाइजेसन जसले नेपालमा विभिन्न उत्पादन तथा व्यापारिक क्षेत्रमा काम गरिरहेको छ । सन् २०१३ मा स्थापित हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेड प्राइभेट लिमिटेड (एचएसी) बजाजको आधिकारिक एसेम्बलिङ इकाई हो । कम्पनीले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बनाउँदै आइरहेको छ । नेपालका लागि ती उत्पादनहरूको आधिकारिक वितरक हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड हो । कम्पनीको कार्यालय काठमाडौँको गणबहालमा रहेको छ । कम्पनीले भैरहवा भन्सारबाट अनएसेम्बल्ड मोटरसाइकलका साथै अनेकौं किसिमको विभिन्न सामग्री पनि आयात गर्दै आएको पाइएको छ ।

पछिल्लो समय कम्पनीका पल्सर ब्राण्डका फरक फरक १० प्रकारका बाइक बिक्री गर्दै आएको छ । त्यस्तै, डोमिनार ब्राण्डका तीन थरी बाइक बिक्री गर्दै आएको छ भने डिस्कभर ब्राण्डका तीन थरी, प्लाटिना ब्राण्डका एक थरी, एभेन्जर ब्राण्डका दुई थरी मोटरसाइकल बिक्री गर्दै आएको छ । त्यस्तै, बजाज रि नामक अटो र बजाज मेक्सिमा कार्गो भ्यान समेत बिक्री गर्दै आएको छ ।

कम्पनीले २ अर्ब ४८ करोड ९० लाख रुपैयाँ बैंक कर्जाका रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम ५७ करोड ५० लाखका लागि ‘इक्राएनपी एबीबी प्लस’ र सर्ट ट्रम १ अर्ब ९१ करोड ४० लाखका लागि ‘इक्राएनपी ए४ प्लस’ रेटिङ प्राप्त गरेको छ ।

सम्बन्धीत समाचार

ग्राहकको रोजाईमा पर्न छोड्यो बजाज मोटरसाइकल, ५० प्रतिशतले घट्यो हंसराज हुलासचन्दको आम्दानी

4 thoughts on “पल्सर मोटरसाइकल एसेम्बल गर्ने हुलास अटोक्राफ्टको आम्दानी ४७ प्रतिशतले घट्यो, बजाज बाइकको बिक्रीमा उच्च गिरावट

  1. Gobinda Khatri says:

    Quality decrease high cost average low in a short period sound change etc…

  2. कृष्ण says:

    कस्ले किन्ने सुरक्षामा ध्यान छैन मेरो २ वटा हरायो इन्स्योरेन्सले १ महिनामा हराउदा ७५ हजार काटेर दिन्छ कस्ले किन्ने

  3. दिल महर्जन says:

    महङ्गो भयो सस्तो बनाउनुस र 36किस्त ०%ब्याज्दर मा उपलब्ध गराउनुस किनकी रहर भयनी आर्थिक मन्धी भयको छ भोलि समय को थेकान छैन

  4. लक्ष्मण महत says:

    बजाजकाे पार्टस भारतले ४०% कममा दिन्छ यहाँ १% प्रतिशत पनि छुट छैन त्यसमा बजाजकाे पार्टस सबै डुप्लिकेट बेच्छ भारतले र नेपाली ब्यापारीले नाफा लिन अनि याे बजाज भन्दा पिक अप, माईलेज काे लागी अरु कम्पनी सफल देखिएकाे छ।त्यसैले अब बजाज बाईक किन्न छाैडाै।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*