सिटिजन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी 

२६ बैशाख २०८१, बुधबार १८:४४

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा एक कार्यक्रमका बीच घातक रोगबापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

करिब ७ महिना अघि मात्र व्यवसायी सुमन श्रेष्ठलाई सिटिजन लाइफको जमल शाखाका एजेन्ट राजु श्रेष्ठ मार्फत एक करोड रुपैयाँको बीमा परेका थिए । व्यवसायी क्षेत्र काम गर्दै आइरहेका उनले पहिलो प्रिमियम मात्र बुझाएका थिए । पेटमा समस्या आएर ग्रिन सिटी हस्पिटल जाँदा उनलाई घातक रोग भएको पृष्टी भएको थियो । सोही अन्तर्गत उनलाई कर काटेर २८ लाख ७६ हजार रुपैयाँ ७१२ रुपैयाँको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्तान्तरण गरेका हुन् ।

दाबी भुक्तानी सम्बन्धी कार्यक्रममा कम्पनीका कर्मचारी, जमल शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठ सहित एजेन्टहरूको सहभागिता रहेको थियो । भुक्तानी कार्यक्रममा बोल्दै बीमित श्रेष्ठले बीमा जोखिम कम गर्ने ठुलो भूमिका खेल्ने बताए । उनले बीमा भुक्तानी निधन पछि मात्र आउँछन् भन्ने भ्रमबाट हट्नु पर्ने उनको भनाइ रहेको थियो । उनले भने, ‘बीमा हाम्रो सुख दुःखको साथी हो । मानिसको जीवन को बेला के हुन्छ थाहा हुँदैन । भविष्यमा आउने जोखिमलाई कम गर्नेका लागि बीमा अति आवश्यक कुरा हो । म व्यवसायी हो । यात्रा गरी रहन्छु । सोही कारण पनि जोखिम बहनका लागि बीमा अति आवश्यक रहेको छ ।’

बीमा भविष्यको सारथि रहेको कुरा आफूले बच्चा देखि नै थाहा पाउँदै आएको र बीमा पनि गर्दै आएको श्रेष्ठले बताए । ‘नेपालमा बीमा उदय नभएदेखि नै मैले बीमा गरेको थिए । भारत गएको बेला एलआइसीमा बीमा गरेको थिए । पछि नेपालमा समेत एलआइसी आइसकेपछि भने मैले नेपाल मै आफ्नो श्रीमती र मेरो गरेर पाँच करोडको बीमा परेका थिए । मैले मेट लाइफमा समेत बीमा गरेको छु । सिटिजनमा समयमै दाबी भुक्तानी पाउँदा खुसी लागेको छ’उनले भने ।

जमल शाखाका प्रमुख प्रकाश कुमार श्रेष्ठले बीमितलाई दाबी भुक्तानी गर्ने पाउँदा खुसी लागेको बताए । उनले भने, ‘बीमा गरेपछि दाबी भुक्तानी दिनु कम्पनीको दायित्व हो । आज घातक रोगबापतको बीमा दाबी भुक्तानी गर्ने पाउँदा खुसी लागेको छ । र, बीमितलाई घातक रोग लागेकोमा हामी दुखी पनि छौ’।

एजेन्ट राजु श्रेष्ठले बीमा जोखिम बहन गर्ने मात्र नभई बचत पनि रहेको बताए । श्रेष्ठले भने, बीमा सम्बन्धी जनस्तरमा जनचेतना फैलाउनु पर्छ । बीमाले जोखिम बहन त गर्छ गर्छ तर बीमा बचत पनि हो ।’

सीइओ पौडेलले बीमा कम्पनी जोखिम हुँदा सारथि बन्न सकौँ भन्ने उद्देश्यले काम गरी रहेको बताए । बीमितलाइ जोखिम परेको बेला सिटिजनलाई सारथि बन्छ यसमा ढुक्क हुन सीइओ पौडेलले आग्रह गरे । उनले भने, ‘बीमितलाई परेको बेला सिटिजन लाइफ सहयोगी बन्छ । दाबी आइसकेपछि हामी छिटो भन्दा छिटो भुक्तानी गर्ने तिर हामी अग्रसर छौ । कुनै झन्झट बीना सिटिजन लाइफले दाबी भुक्तानी गर्छन् । यो समयमा क्यान्सर, मिर्गौला फेलका दाबी धेरै आइरहेका छन् । सहज र सरल रूपमा हामीले भुक्तानी दिन्छौँ ।’

दाबी भुक्तानीलाई सहज गर्नेका लागि सिटिजनले देशभर अभियान ‘डिजिटल सिटिजन’ संचालन गरेको छ । ‘बीमाको किस्ता तिर्ने काममा पनि कम्पनीले निकै सहज बनाइ रहेको छ । बीमाको बारे अझै दुरदराजसम्म बीमाको जनचेतना फैलाउनु आवश्यक रहेको छ । सिटिजन बीमितको दुख र सुखको साथी हो’ पौडलले भने ।

One thought on “सिटिजन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी 

  1. पासाङ शेर्पा says:

    एउटा १७ वर्ष को युवा जसको बिमा हुन्छ कुनै बिमा उसको बिमा ५ लाख को गरेको हुन्छ बिमा गरेको दुई वर्ष अर्थात् दुई किस्ता तिरी सकेको हुन्छ अचानक उसमा किड्नी समस्या आउँछ तर बिमा भर्दा जन्म दर्ता बाट भरिएको हुन्छ अब उसको हप्तामा दुई पटक डाइलसिस गर्नु पर्ने हुन्छ अब बिमा बाट उपचार दाबी भुक्तानी कुरा उठाउदा नागरिकता खोज्छ अनि अब न नागरिकता बनाउन समय मिल्छ नउपचार खर्च पाउछ,के बिमा मा सबैको यस्तै प्रक्रिया हुन्छ?बिमा जन्मदर्ता बाट गर्न मिल्ने दाबी भुक्तानी खर्च नागरकिता चाहिने ,अब अर्को समस्या एक ब्यक्ति अनेकौं देश बिदेश चाहर्छ तर सफलता प्राप्त हुदैन परिवार बाट बिछिप्त छुट भएका एक युवा आयस्रोत केही हुन्न अब उसले रक्सीको मात्र भर पर्छ उसको अवस्था देखेर उसैको आमाले केही बिमा कम्पनीमा बिमा गरिएको हुन्छ,समस्या परेको बेला समाधान गर्ने आधार हुने बिचार ले ५ लाख बराबर को बिमा गरिएको हुन्छ बिमा गरिएको ४ महिना पछी उसमा बिरामी हुन्छ अस्पताल लागि चेक गर्दा कलेजो मा समस्या देखाउछ र अलकोहलको कारण भनी रिपोर्ट आउँछ सो डकुमेन्ट बिमा कम्पनीमा बुझाउदा अलकोहल सम्बन्धि बिमाले दाबी भुक्तानी दिदै भन्ने तर्क गर्छ के सबै कम्पनी को नियम यस्तै हुन्छ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*