बीमा अभिकर्ताको तालिम संचालन गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

१७ बैशाख २०८१, सोमबार ०९:०६

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ ।

यस तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउन सक्नेछन् ।

तालिम संचालन गुल्मीको तम्घासमा वैशाख २१ गते देखि २३ गतेसम्म विहानको ९ बजेदखि अपरान्ह ५ बजेसम्म हुनेछ । यसका लागि इच्छुक व्यक्तिले आवश्यक कागजात सहित वैशाख २० गतेभित्र निवेदन पठाउनुपर्नेछ ।

साथै, अभिकर्ता इजाजत पत्र प्राप्त गर्न परीक्षा उत्र्तीण गर्नुपर्ने भएकाले वैशाख २३ गते परीक्षा संचालन गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*