निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?

१७ बैशाख २०८१, सोमबार १४:२३

काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।०८१ को चैत महिनासम्ममा ३० अर्व १५ करोड ३० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

कम्पनीहरुले चैत महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि लगायतका बीमा लेखहरुबाट उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमालेखको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । चैत महिनासम्ममा बीमा कम्पनीहरुले यस प्रदेशबाट १९ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।

यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । चैत महिनासम्ममा बीमा कम्पनीहरुले लुुम्बिनी प्रदेशबाट २ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

त्यस्तै, बीमा कम्पनीहरुले यस त्रैमाससम्ममा कोशी प्रदेशबाट २ अर्व ६५ करोड ३८ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्व ९९ करोड २६ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्व ६७ करोड ५ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ५८ करोड ६९ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ७८ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । संघिय राजधानीबाट लामो दुरीमा रहेको र शिक्षा तथा बीमा जनचेतनाको अभाव लगायत अन्य थुप्रै कारणले बीमा व्यापार घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*