सलिकोद्वारा गण्डकी प्रदेशका कर्मचारीलाई २ दिने पेशागत दक्षता अभिवृद्धि तालिम प्रदान

१९ बैशाख २०८१, बुधबार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिद्धि लागि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको गण्डकी प्रदेश स्थित गुडविल होटलमा यहि १४ र १५ गते आयोजना गरेको उक्त कार्यक्रममा ५५ भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।

कम्पनीका नेसनल कोअर्डीनेटर सहायक महाप्रबन्धक कविराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, लेखा, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा र सहायक निर्देशक सुदिप गिरी लगायत प्रदेश प्रमुख, तथाविभागिय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

उक्त प्रस्तुतिकरणका विषयले कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । बीमा कम्पनीहरु काठमाण्डौ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो स्ट्रेन्थलाई उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । सलिकोले ग्रामिण क्षेत्रमा समेत आफ्नो बजार विस्तार गरिरहेको छ ।

कम्पनीका अनुसार यो आर्थिक वर्षमा सातै प्रदेश भित्र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*