प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२० बैशाख २०८१, बिहीबार ११:४७

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो ।

सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पारित भएको हो । चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रस्ताव समेत पारित भएको हो ।

त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित संंचालकहरुको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र/पत्रिका तथा संचार खर्च बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित भएको हो ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको गरेको थियो । सभामा अधिकांश शेयरधानीहरुले नियमनकारी निकायको निर्देशन अनुसार पुँजी वृद्धिको योजनाको लागि हकप्रदक शेयर निष्कासन गर्नु पर्ने बताएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*