दाबी भुक्तानी लिन सानिमा जीआईसीको आग्रह

२५ बैशाख २०८१, मंगलवार ०८:४४

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई भुक्तानी लिन आग्रह गरेको छ ।

कम्पनीमा विभिन्न समयमा दाबी निवेदन परेको तर फर्छ्यौटका लागि आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआउदा भुक्तानी बाँकी रहेपछि कम्पनीले भुक्तानी लिन आग्रह गरेको हो ।

कम्पनीले कोभिड बाहेकका दाबी भुक्तानी लिन बाँकी बीमितलाई कागजात सहित नजिकमा रहेको कम्पनीको प्रदेश, शाखा तथा उपशाखा वा केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई सम्पर्क गरी दाबी लिन आग्रह गरेको छ ।

साथै, वैशाख २५ गतेले ३५ दिनभित्र पनि कागजात सहित दाबी भुक्तानी लिन नआएमा त्यस्तो दाबीको सबै फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*