लिबर्टी माइक्रो लाइफको मुनाफा ८७ लाख, यस्तो छ समग्र वित्तीय अवस्था

२७ बैशाख २०८१, बिहीबार ०९:०६

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीका अधिकांश वित्तीय सूचकहरु सकारात्मक रहेका छन् ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको नौ महिनामा ८७ लाख ४२ हजार रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ११ लाख २९ हजार रुपैयाँ रहेको छ । साथै, रिटर्न अर्निङमा कम्पनीले १ करोड ४ लाख रुपैयाँ संचित गरेको छ ।

साथै, कम्पनीले यस अवधिमा एक करोड २ लाख १३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, खुद बीमा शुल्क आर्जन ९८ लाख ७१ हजार रुपैयाँ रहेको छ । कम्पनीले कमिसन खर्च वापत १८ लाख रुपैयाँ खर्च गरेको वित्तीय विवरणमा उल्लेख छ । यस अवधिमा कम्पनीले दुइ हजार ६१६ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ २२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*