बीमाकै कारण जलविद्युतमा लगानी गर्नै नसक्ने अवस्था आयोः ईप्पान अध्यक्ष

२७ बैशाख २०८१, बिहीबार ०९:२३

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बीमाकै कारण जलविद्युतमा लगानी गर्नै नसक्ने अवस्था आएको बताएका छन् ।

आज काठमाडौंमा सेजनले आयोजित गरेको प्रिबजेट छलफमा सहभागि हुँदै अध्यक्ष कार्कीले बीमा क्षेत्रलाई अझै व्यवस्थित बनाउनुपर्ने बताए ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणले उर्जा उत्पादक कम्पनीहरुको समस्या सम्बोधन गर्न चासो नदेखाएको भन्दै गुनासो गरेका छन् ।

उनले नेपालमा उर्जा क्षेत्रको लागनी ठुलो रहेको र विदेशी लगानी पनि भित्रिने वातावरण सिर्जना भएको अवस्थामा बीमासम्बन्धि समस्या समाधान गर्न आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*