हाथवे इन्भेष्टमेन्टको नाफा साढे सात करोड, आम्दानीमा उछाल

२७ बैशाख २०८१, बिहीबार १०:३२

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो बजारमा अब्बल कम्पनीको वित्तीय रिपोर्ट पनि सुधार तिर लम्मिएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको तुलनामा १०४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद नाफा ७ करोड ५० लाख रुपैयाँ धनात्मक भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनी १ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८९.२० प्रतिशत बढेको छ भने कुल खर्च १२.४३ प्रतिशत घटेको छ।१ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड ३२ लाख रुपैयाँ जम्मा रहेको छ । हाथवेको प्रतिसेयर आम्दानी बढेर ३ रुपैयाँ ८९ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८० पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*