२७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन

२७ बैशाख २०८१, बिहीबार ११:०५

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो ।

कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो ।

अब कार्यालयले तोकेको अवधि भित्र स्पष्टीकरण पेस नभए कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*