नेपाल टेलिकमलाई नयाँ लाईसेन्स दिने सरकारको निर्णय

२८ बैशाख २०८१, शुक्रबार ०७:११

काठमाडौँ । सरकारले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई नयाँ लाईसेन्स दिने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ लाईसेन्स दिनको लागि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।टेलिकमले २०५६ बैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको लाईसेन्स लिएको थियो । दूरसञ्चार ऐनमा लाईसेन्स अवधि अवधि बढीमा २५ वर्ष हुने उल्लेख भएकोले टेलिकमको लाइसेन्स अवधि जुन २०८१ बैशाख २८ गते सकिँदै छ ।

लाईसेन्स अवधि सकिन लागेपछि सरकारले नै नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । टेलिकमले गत मंगलबार मात्रै लाईसेन्स नविकरणको लागि १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ तिरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*