नागरिक लगानी कोषको नाफा ८८ करोड माथि, अधिकांश सूचाङ्कमा उल्लेख्य सुधार

२८ बैशाख २०८१, शुक्रबार ०९:०२

काठमाडौँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी १५.८१ प्रतिशतले बढेर ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्याज आम्दानी ३० करोड ५० लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको कमिसनबाट हुने आम्दानी १ अर्ब ४ करोड पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९३ करोड ५० लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको चुक्तापूँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ, जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४.४ रुपैयाँबाट घटेर २२.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७१.४१ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*