तीन दिन काठमाडौँका केहि स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने

२८ बैशाख २०८१, शुक्रबार ०९:२०

काठमाडौं । भोलि शनिबारदेखि बैशाख ३१ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि मातातीर्थ सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो तार परिवर्तन गर्नुपर्ने जनाउँदै विद्युत् कटौती हुने जनाएको हो ।

तीन दिन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरोध हुने जनाइएको छ । २९ गतेदेखि ३१ गतेसम्म हसनटार फिडरअन्तर्गत पाटोचोक अमरज्योति, पुरोनो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाएँ, हसनटारलगायतका स्थानमा विद्युत् हुनेछैन । त्यसैगरी, कंकाली, पहेंलो गुम्बा, गोदामथोक, महांकाल, सीताराम स्कुल, फस्कु, जयन्तीगाउँ, रामकोट, पुरोनो गाउँ, दर्शनखोला आदि स्थानमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरअन्तर्गत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारामा पनि ६ घण्टा बिजुली जाने छ । त्यस्तै, लामाचौर, बानियाँ गाउँ, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा समेत विद्युत् आपूर्ति हुनेछैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*