ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला एक कतिमा हुँदैछ कारोबार ?

२८ बैशाख २०८१, शुक्रबार ११:०२

काठमाडौँ । नेपाल बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*