खोटाङका बीमित बालकले पाए नेशनल लाइफबाट ४ लाख बढी रकम

२८ बैशाख २०८१, शुक्रबार ११:५५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडबाट मोरङका बीमित बालक रेवश तामाङले ४ लाख बढी रुपैयाँ पाएका छन् । केही समय अगाडी कम्पनीमा मोरङको लेटाङ ४ मोरङ बस्ने बिनिता तामाङले आफ्नो छोरा रेवश तामाङको ५ लाखको रुपैयाँको १५ बर्षे बाल अमृत जीवन बीमा गरेकी थिइन् ।

छोरो ठुलो भएपछि पढाउन सहज होस भनेर बीमा गरेकी बीमितकी आमा बिनिता तामाङको केही समय अघि उनको मृत्यु भएपश्चात कम्पनीले बीमित बालक रेवशको पालनपोषण र शिक्षाको ग्यारेन्टी होस भन्दै बीमालेखको सर्त र नियम अनुसार घरमै पुगेर ४ लाख ६३ हजार ५ सय ३० रुपैयाको चेक तत्कालै दिएको छ ।

कम्पनीका अनुसार बीमित बालक रेवशले कुनै प्रिमियम तिर्न नपर्ने तर अबको १३ बर्षपछी ५ लाख र बोनस (लगभग १० लाख रुपैया) पूःन कम्पनीले उपलब्ध गराउने भएको छ । नेशनल लाइफ इन्स्योरेन्स बीमित मैत्री बन्दै गएको छ । कम्पनीले विभिन्न समयमा छिटो र सरल दावी भुक्तानीको मापदण्ड अपनाएको देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*