काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित

२८ बैशाख २०८१, शुक्रबार १६:३८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बजेट अधिवेशनको पहिलो प्रतिनिधि सभा बैठक काँग्रेसकै असहमतिको कारण शुक्रबार निर्धारित समय भन्दा दुई घन्टा ढिला गरि सुरु भएको थियो।

बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्र्र्र्र्र्र्र्र्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ।

आज पनि सोहि मागलाई दोहोर्याउँदै नारावाजी गरेपछि बैठक अघि बढ्न सकेन। सभामुख देवराज घिमिरेले नारावाजी रोकि वैठक चल्ने वातावरण बनाइदिन पटक–पटक आग्रह गर्दा पनि काँग्रेसले अवरोध जारी नै राखेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरिएको घोषणा गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*