नेशनल लाइफका नेपाल टपर एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृशोक

२९ बैशाख २०८१, शनिबार ११:२९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन पटक नेपाल टप भइसक्नु भएका बरिष्ठ एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृ शोक परेको छ ।

उहाँको बुवा ऋषिराम लामिछानेको ८० बर्षको उमेरमा आज विहान घरैमा निधन भएको हो । गएराति १२ः२० बजे ऋषिराम लामिछानेको निधन भएको पारिवारका सदस्यले जानकारी गराएका छन् ।

स्वर्गिय ऋषिराम लामिछानेको पार्थिव शरीरलाई कोहलपुरस्थित राप्तिको अगैया घाटमा आजै अपरान्ह दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय लामिछानेका तीन भाई छोरा र दुई छोरी तथा श्रीमती हुनुहुन्छ ।

पोखराबाट चितवन हुँदै २०३६ सालमा बाँके पुग्नु भएका ऋषि प्रसाद लामिछानेले बाँकेको कोहलपुर नगरपालिका वडा नं १ मा रहेको कौशिलानगरमा नयाँ बस्ती बसाल्ने काम गरेका थिए । बहुदलको स्थापनापछि जनमोर्चाको राजनीतिमा सक्रिय ऋषि लामिछाने केही वर्षदेखि बृद्धाअवस्थामा हुने रोगहरुबाट ग्रसित थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*