सूर्योदय वोमी लघुवित्तको आयोजनामा बाख्रा पालन तालिम सम्पन्न

३० बैशाख २०८१, आईतवार १०:३०

काठमाडौँ । कैलालीको अत्तरियामा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा एक दिने बाख्रा पालन तालिम सम्पन्न गरेको छ । गोदावरी नगरपालिका – ४, बसन्तपुर अत्तरियामा रहेको सुर्योदय वोमी लघुवित्तले ६९ जना महिलाहरुलाई बाख्रापालन तालिम दिएको हो ।

तालिमको शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले गोदावरीको लागि आवश्यक मासु यस क्षेत्रमै उत्पादन गर्न आवश्यक रहेको बताए । हाल सम्पुर्ण मासुजन्य कुरा विदेशबाट ल्याउन यस क्षेत्रको विकास नहुने भएकाले स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कैलाली चम्बर अफ कमर्सका जिल्ला अध्यक्ष विनोद मल्लले स्थानीय उत्पादन उपभोगमा जोड दिन सके स्थानीय व्यवसाय फस्टाउने बताए । उनले आफूले पनि लुगा कपडा देखि लिएर खानेकुरा यस क्षेत्रमै उत्पादन भएको प्रयोग गर्ने गरेको बताउँदै सबैले स्थानीय बस्तरमा नै उत्पादन बस्तुको उपभोग गरे मात्रै व्यवसाय फस्टाउने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था अत्तरिया शाखाका प्रमुख दिपक महराले लघुवित्तमा आवद्ध सदस्यहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताए । उनले ऋण प्रभाव गर्नु अघि तालिम दिदा ऋणको सहि सदुपयोग हुने बताए ।

कार्यक्रम सोहिसंस्थाका भालुफ़ाटा कैलाली शाखा का शाखा प्रमुख जित बहादुर थारु ले संचालन गर्नु भएको कार्यक्रम मा उदासीपुर शाखा का शाखा प्रमुख रामचन्द्र पौडेल ले स्वागत मन्तब्य तथा कार्यक्रम बारे प्रकाश प्रकाश पारि कार्यक्रम समापन गरिएको थियो। हाल सूर्योदय वोमी लघुवित्तको अत्तरिया शाखामा हाल १ हजार ५ जना सदस्य आवद्द छन भने देशैभरी १७३ शाखा रहेको सूर्योदय वोमी लघुवित्तमा करिब १ लाख ९० हजार सदस्य आवद्ध रहेको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*