नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच सम्झौतापत्रमा हस्ताक्षर

१ जेष्ठ २०८१, मंगलवार १३:०७

काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष श्री चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको संघले जनाएकोछ ।

यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको जनाएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*