बन्द रहेका उद्योग सरकारले सञ्चालनमा ल्याउने

१ जेष्ठ २०८१, मंगलवार १६:०६

काठमाडौँ। सरकारले रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

“निजी क्षेत्र प्रतिस्पर्धी भएका र गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौँडा कपडा उद्योगलगायतका बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान सम्भाव्यताको आधारमा सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिनेछ”, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भने ।

राजस्व बाँडफाँटलाई समन्यायिक, सन्तुलित र अनुमानयोग्य बनाइने विषय पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*