सलिकोको कम्पनी सचिव देवेन्द्र कोइरालाद्धारा राजिनामा

२ जेष्ठ २०८१, बुधबार ०८:०८

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कम्पनी सचिव देवेन्द्र कोइरालाले पदबाट राजिनामा दिएका छन् । कोइरालाले दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला हिजो बुधबारबाट सलिकोबाट विदा भएका हुन् । सलिकोले नयाँ कम्पनी सचिवको रुपमा बरिष्मा साउद आचार्यलाई नियुक्त गरेको छ । नयाँ नियुक्त भएकी बरिष्मा डेपुटी सिईओ हुन् । लामो समय शिखरमा काम गरेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओको रुपमा प्रवेश गरेकी थिईन् ।

राजिनामा गरेका कोइरालाले यस बिषयमा केही बताउन चाहेनन् । सलिकोका अनुसार काेईरालाले भिआरएस सुविधा अन्तर्गत स्वेच्छिक अवकास रोज्दै राजिनामा गरेको जनाएको छ । यसअघि किरन मुडवरी र नबराज तिमिल्सिना सहितका लुम्बिनी जनरलका बरिष्ठ कर्मचारीहरुले पनि राजिनामा दिइसकेका छन् ।

 

 

 

2 thoughts on “सलिकोको कम्पनी सचिव देवेन्द्र कोइरालाद्धारा राजिनामा

  1. Ambika Shrestha says:

    इन्सुरेन्स कम्पनीहरुमा मात्र नभई समग्र कर्पोरेट क्षेत्रमा रहेका कम्पनी सचिवहरुमध्ये मेरो मुल्यांकनमा अत्यन्तै व्यबसायिक, भलादमी, सहयोगी, निर्णय क्षमता भएका, नम्र, मिलनसार, सबैको कुरा सुन्ने र समस्याको तत्काल समाधानमा जुट्ने आदरणीय सर देवेन्द्र कोइरालाको अबको यात्रा झन् दमदार बनोस् । इन्सुरेन्स सेक्टरले वहांको क्षमता र योग्यताको मुल्यांकन अवश्य गर्नेछ भन्दै शुभकामना व्यक्त गर्दछु ।

  2. Kishor Paudel says:

    देवेन्द्रजीको भावी यात्रा सुखदायी होस् । बिमा क्षेत्रले उहांको योग्यताको उपयोग गर्न सकोस्, भन्ने शुभकामना । साथै नयां नियुक्त बरिस्माजीले उहांको जस्तै सर्भिस डेलिभरी दिन सक्नुहोस् भन्ने पनि शुभकामना ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*