आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखा स्थानान्तरण

२ जेष्ठ २०८१, बुधबार १२:३२

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा.वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई का.जि.का.म.न.पा वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाडौँमा स्थानान्तरण गरिएको छ ।

आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गरि लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गर्नु परेको व्यहोराको जानकारी कम्पनीले गराएको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखाहरु थप्दै लैजाने उद्देश्यले अगाडी बढेको जानकारी गराएको छ । साथै, आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्राहकमहानुभावहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*