दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न बीमितलाई सलिकोको आग्रह

८ जेष्ठ २०८१, मंगलवार ०८:३५

काठमाडौं । साविकको सगरमाथा तथा लुम्बिनी जनरल इन्स्योरेन्स र हाल सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) बाट जारी भएका बीमलेख अन्तर्गतको दाबी भुक्तानीका लागि बीमितलाई आवश्यक कागजात पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

दाबी भुक्तानीका लागि बीमितले पेश गरेको कागजात अपुग भएको र बीमितले लामो समयदेखि थप आवश्यक कागजात बुझाउन नआएपछि कम्पनीले सूचना जारी गर्दै ३५ दिनभित्र आफूले बीमा गरेको शाखा कार्यालयमा सम्पर्क राखि आवश्यक कागजात बुझाई दाबी फरख फारख गराउन आग्रह गरको हो ।

साथै, तोकिएको समयसम्म पनि आवश्यक कागजात नबुझाए दाबीको फाईल बन्द भई तामेलीमा जाने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*