बाली र पशुधन बीमाः बीमा प्रिमियममा ८० प्रतिशत अनुदानबापतको ६० करोड भुक्तानी

१३ जेष्ठ २०८१, आईतवार १५:५४

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म बाली बीमा तर्फ १२ करोड र पशुधन बीमा तर्फ ४८ करोड गरी बीमा प्रिमियममा ८०.० प्रतिशत अनुदानबापत ६० करोड भुक्तानी भएको छ । सरकारको आर्थिक सर्वेक्षण २०८१ अनुसार यस्तो देखिएको होे ,

बीमाङ्क रकम र बीमा शुल्कमा वर्षेनि हुँदै गएको वृद्धिसँगै अनुदान रकममा समेत सोही अनुरूप वृद्धि भएको छ । २०८० असारसम्म बाली तथा पशुधन बीमा अन्तर्गत कुल ५१ अर्ब १० करोड ४० लाख बीमाङ्क कायम भएको छ । आर्थिक वर्ष २०७९÷८० मा कृषि बीमा अन्तर्गत २ अर्ब ३१ करोड बराबर बीमा प्रीमियम (बीमा शुल्क) सङ्कलन भएको थियो ।

सोही अवधिमा बाली बीमा तर्फ२२ करोड ९० लाख र पशुधन तथा मत्स्य बीमा तर्फ  १ अर्ब ६२ करोड ४ लाख गरी कुल . १ अर्ब ८५ करोड अनुदान उपलब्ध गराइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*