बीमा दाबी लिएपछि बीमितले नै तिरेनन् कर

१३ जेष्ठ २०८१, आईतवार १९:४५

काठमाडौं । बीमा कम्पनीबाट बीमा दाबी वापतको रकम लिएपछि बीमितिले नै कर नतिरेको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको छ।

महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमितले दाबी लिएपछि कर नै नतिरेको पाईएको हो ।

आयकर ऐन, २०५८ को दफा ३१ मा बीमालगायतका क्षतीपूर्ति वापतको रकम आयमा समावेश गनुपर्ने व्यवस्था रहेको रहेको छ। आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणाली तथा करदाताहरुको वित्तिय विवरण अनुसार विभिन्न कम्पनीबाट क्षतीपूर्ति रकम प्राप्त गरेका करदाताहरुले उक्त रकम सम्बन्धित आय बर्षको आयाममा समावेश नगरेको वा न्यून रकम मात्र समावेश गरेको देखिएको महालेखा परीक्षकको प्रतिवेदनले ठहर गरेको छ ।

त्यस्तै, प्रतिवेदनमका अनुसार आन्तरिक राजस्व कार्यालय भैरहवा, वुटवल लगायत ६ कार्यालयका १५ करदाताले बीमा क्षतीपूर्ति वापत प्राप्त रकम आय लेखाङ्क नगरेकाले छुट हुन गएको कर वापतको ३ करोड ३० लाख ७२ हजार र शुल्क एवं ब्याज समेत छानविन गरि असुल गनुपर्ने खुलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*