निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय १९ करोड ३९ लाख रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

१५ जेष्ठ २०८१, मंगलवार ११:४८

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १९ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको बैशाख महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।

तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा सात करोड ६९ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

साथै, चालु आर्थिक वर्षको १० महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ करोड १४ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले चार करोड २५ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले एक करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

यता, बैशाखमा मात्र नेपाल माइक्रोले १ करोड ५ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले १ करोड १६ लाख रुपैयाँ, स्टार माइक्रोले ९६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो ६६ लाख रुपैयाँको व्यवसाय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*