निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय पौने ३३ अर्ब नजिक, शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर सहित कुन कम्पनीको व्यापार कस्तो?

१५ जेष्ठ २०८१, मंगलवार ११:५३

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा पौने ३३ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्राको व्यवसाय भित्र्याउन सफल भएका हुन् ।

हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनाको अवधिसम्ममा २३ लाख ९३ हजार बीमापोलिसी बिक्रि गरेर ३२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको तथ्यांकले देखाएको छ।

नेपाल बीमा प्राधिकरणले शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ व्यवसाय भित्र्याउन सफल भएको छ।दोस्रोमा सगरमाथा लुम्बिनी र तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १० महिनाको अवधिमा ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ९३ करोड, आईजीआई प्रुडेन्सियलले २ अर्ब ८८ करोड रुपैयाँ युनाइटेड अजोडले २ अर्ब १७ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड, सानिमा जीआईसीले १ अर्ब ९४ करोड रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड २५ करोड ८७ लाख र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*